Logo

धर्मेन्द्रका नाति युवा धर्मेन्द्र !



मुम्बई, १३ असार । देवल परिवारको हिन्दी सिनेमामा ठुलो योगदान रहेको छ । पहिले धर्मेन्द्र र उनकी श्रीमती त्यसपछि सनि र सनि पछि बबि देवलले हिन्दी सिनेमामा एकपछि अर्काे योगदान दिदै आएका थिए ।

अब देवल परिवारको यो योगदानलाई धमेन्द्रका नातिहरुले तेस्रो पुस्ताको रुपमा सिल्भर स्क्रिनबाट निरन्तता दिने प्रयास सुरु गरिसकेका छन ।

देवल परिवारसंग दाजिएको एक तस्बिर आजभोली सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । उक्त फोटोमा देवल परिवारका नयाँ सदश्य बबी देवलका छोरा आर्यमानलाई लिएर खुव चर्चा भईरहेको छ ।

आर्यमानको पहिलो झलक थाईल्याण्डमा हालै भएको आईफा अर्वाडमा देखिएका हुन । कालो सूटमा सजिएका उनी निकै आफ्ना बाजे धर्मेन्द्र युवा अवस्थामा हुदाका जस्तै देखिरहेका छन ।

यो पनि पढ्नुहोस :

निता अम्बानीको कारको मुल्य कति ?

‘यमला पगला दीवाना फिर से’ को टीजर सार्वजनिक

बबी र तान्याका छोरा आर्यमन बिशेषगरि आमसञ्चारका माध्यमका क्यामेरा बाट टाढै रहन रुचाउने उनि अहिले १६ वर्षका भए । आर्यमन र बबीको उक्त तस्बिरलाई मेन्स वल्ड म्यागजिनले आफ्नो इन्ट्राग्राममा सार्वजनिक गरेको छ ।

त्यसो त आफैले निर्देशन गरेको फिल्म ‘पल पल दिलके पास’ फिल्मबाट सनि देवलले आफ्ना छोरा करणलाई बलिउडमा प्रवेश गरिसकेका छन जुन फिल्मको छायाङ्कनको काम चलिरहेको छ ।

बबी हालै सलमान खानको साथ ‘रेस–३’मा मुख्य भुमिकामा देखीसकेका छन । केहि समय यता फिल्ममा नदेखीएका उनि आफ्नो पुरानो जिन्दगीमा फर्कने बिचारमा देखीएका छन ।



प्रतिक्रिया दिनुहोस्