Logo

निषेधाज्ञाको निर्णय फिर्ता नलिए तरुण दल आन्दोलनमा उत्रिने



काठमाडौं, १५ असार । नेपाल तरुण दलले वर्तमान सरकारलाई तानाशाही बन्दै गएको आरोप लगाएको छ । सरकारले बिहिबार काठमाडौं, भक्तपुर र तलितपुरका विभिन्न स्थानमा बिरोध जुलुस निकाल्न नपाउने गरि स्थानहरु तोकेपछि यस्तो आरोप लगाएको हो । बिरोध लागि स्थान तोकेकोमा आपत्ति प्रकट गर्दै तरुण दलले तत्काल निर्णय फिर्ता लिन माग समेत गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गरेर वर्तमानन सरकार स्वतन्त्रता र मौलिक हकका बारेमा कठोर बनेको भन्दै त्यसको सामना गर्ने जानकारी दिएका छन् ।

                                                                                                        विज्ञप्ती
जन आवाजलाई दबाउनको लागि सरकारको बिरोध र जुलुस गर्नै नपाउने गरि निषेधाज्ञा लगाउने ओली सरकारको यो अलोकतान्त्रिक निर्णयको नेपाल तरुण दल घोर भत्सर्ना गर्दछ । सरकार यो निर्णय नेपालको संविधानको मर्म र भावना बिपरित छ । ब्यक्तिगत स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रता माथि धाबा बोल्ने गरि आएको यो निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको छ। यो सरकारको गठन सङ्सङगै हामीले भन्दै आएको यो सरकार अधिनायकवादी, सर्बसत्ताबादी, निरङ्कुस र तानाशाही छ भन्ने कुराको आज पुष्टि भएको छ।

हिजोको दिनमा जुनसुकै खाले तानाशाही वबरुद्ध तरुण दल लड्दै आएको सबैलाई जानकारी नै छ । यो तानाशाही बन्दै गएको सरकारको पाखण्ड निर्णयलाई जस्तो सुकै आन्दोलन गर्न परे पनि तरुण दलले खारेज गरिदिने अठोट व्यक्त गर्दछौ। यो सरकारलाई चाँडै निषेधाज्ञा लगाउने निर्णय फिर्ता लिन चेतावनी दिन चाहन्छौ । अन्यथा नेपाल तरुण दलले सरकारको बिरोधमा देश व्यापि रुपमा आन्दोलन गर्ने घोषणा गर्दछौ।

भुपेन्द्र जंग शाही
महासचिव
नेपाल तरुण दल



प्रतिक्रिया दिनुहोस्