Logo

मनमोहन सिंहको नाममा फिल्म बन्दै



काठमाडौं, १५ असार । बलिउडमा पाईला राख्न् गैरहेका निर्देशक विजय रत्नाकारको फिल्म ‘द ऐक्सिडेन्टल प्राईम मिनिस्टर’को छायांङ्नको एक नयाँ फोटो सार्वजनिक गरिएको छ ।

भारतीय पूर्व–प्रधानमन्त्री मनमोहन सिंहको जीवनमा आधारित यो फिल्ममा मनमोहनको भुुमिका अनुपम खेरले निभाउदै छन । आफ्नो सामाजिक संजालमा मनमोहन सिंहले एक तस्विर राखेका छन जस्मा उनलाई राहुल गान्धि र प्रियंका गान्धिको भुमिकासंग उभिएका देख्न सकिन्छ ।

सार्वजनिक गरिएको तस्विरमा राहुल गान्धिको भुमिकामा अर्जुन माथुर देखिदैछन भने प्रियंका गान्धिको भुमिकामा आहना कुमारा देखिने भएका छन ।

यो फिल्म पूर्व–प्रधानमन्त्री मनमोहन सिंहको जिवनिमा आधारित बायोपिक हो जसलाई चाडैनै ठुलो पर्दामा देख्न सकिने छ । २००४ देखी २००९ सम्म भारतीय प्रधानमन्त्री रहिसकेका मनमोहनबारेको यो फिल्म संजय बारुको किताब ‘द ऐक्सिडेन्टल प्राईम मिनिस्टर’मा आधारित छ ।

यो पनि पढ्नुहोस्

भारतीय प्रम मोदीको फिल्ममा परेश रावल

अभिनेता अनुपम खेरलाई ‘आईफा’ अर्वाड

अनुपम खेरको मनमोहन सम्बन्धि अनुहारले एकदम चर्चा पाईराखेको छ । यो भन्दा पहिले अनुपमले सामाजिक संजालमा एक तस्बिर राखेका थिए । जस्मा उनी मनमोहनको जस्तै दारी, टाउकामा बाधेको पगरी र उनको हाउभाउ दुरुस्तै देखिएका कारण चर्चा बटुली सकेका छन र उनको अभिनयलाई दर्शकले धेरै रुचाउने अपेक्षा गरिएको छ ।

फिल्म २१ डिसेम्बरबाट प्रर्दशनमा आउन लागेको छ । शाहरुख खान र आनन्द एल राएको बहुप्रतिक्षीत फिल्म ‘जिरो’ पनि यसैदिन प्रर्दशनी हुने भएको छ । सलमान खानको पनि भुमिका रहेको ‘जिरो’ मा कटरिना केफको साथै अनुष्का शर्मालाई पनि देख्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस्