मोहन तामाङ: संखुवासभा, १६ । धान दिवसको अवसरमा खाँदबारी नगरपालिकाले सेकाहामा धान दिवस विशेष कार्यक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममा रिपोर्टस क्लब नेपाल जिल्ला शाखा संखुवासभालेले साक्षात्कार कार्यक्रम राखेको हो । उक्त कार्यक्रममा धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार आयोजित कार्यक्रममा कृषक, जनप्रतिनिधि र कार्यालय प्रमुखले एक घण्टाबढी धान रोपेका थिए ।
नगर पालिकाका मेयर को सभापतिमा भएको कार्यक्रममा सबै कार्यलय प्रमुख तथा प्रमुख अतिथी जिल्ला समन्वे समितीका उपप्रमुख अम्बिका खवास साथमा सम्पुर्ण सहभागिहरु खेतमा सुकिला भएर गएका उनीहरु हिलाम्मे भएर निस्किएका थिए ।
एक आपसमा हिलो छ्यापाछ्याप गरेर, धान दिवस मनाइएको थियो । सेकाहा धान उत्पादनमा अग्रस्थानमा रहेकाले यही धान दिवस मनाइएको नगरपालिकाका मेयर मुरारी खतिवडाले बताए ।
रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखाले गरेको साक्षतकारमा खाँदबारी नगरपालिकाका मेयर मुरारी खतिवडा, कृषी प्रसार अधिकृत, राम प्रसाद ठाकुर, अलैँची व्यावसायी संघका केँिन्द्रया उपाध्यक्ष सुमन श्रेष्ठ र प्रधानमन्त्री कृषी परियोजना अन्र्तगतका पकेट समुहका कृषक राजेन्द्र थापाालाई केहि प्रश्नहरु सोधिएको थियो । मेयरलाई खाँदबारी नगरपालिका कहिले सम्ममा कृषी जन्य बस्तुमा आत्मानिर्भर हुने ? तपाईको कार्यकालमा सम्भावना कतिको छ ?
पुरा गर्न सक्नु हुन्छ भन्ने प्रश्नमा मेयरले अहिले नगरपालिकालाई कृषिको क्षेत्रमा एकदमै अगाडि सारेर अगाडी बड्ने र बिगतमा कृषिमा बिज्ञ नभएकोले केहि कमि कम्जोरीहरु भए तर अब आउने दिनमा अनुसन्धान नभई कुनै पनि कृषिका काम नहुने र अब ४ बर्षको आफ्नो कार्यकालमा कृषि जन्या बस्तुमा खाँदबारी नगर आत्मनिर्भर रहन सक्ने खतिवडाले बताए ।
त्यस्तै पौंजको आधारमा कृषि सामाग्रीहरु बाडिन्छ रे हो ? भन्ने प्रस्नमा कृषि प्रसार अधिकृत राम प्रसाद ठाकुरले यो गलत कुरा यस्मा कोहि पनि भ्रममा नपर्नु होला म खाँदबारी आए देखि अहिले सम्म त्यस्तो खालको कुनै पनि काम नभाको र अब पनि नहुने प्रतिबद्धता पनि जाहेर गरे ।
कृषक राजेन्द्र थापाले एक कृषकको मात्र नभई सबै क्षेत्रका कृषकको समस्यालाई बुजेर सरोकार वालाहरुले कृषिको क्षेत्रमा लगानि गरिदिए राम्रो हुने बताए । र खाँदबारी नगरपालिका कृषिमा निकै सम्भावना भएको थापाले कृषि पेसाको अनुभव बताए ।
अलैंचि व्यबसायी संघका केन्द्रिय उपाध्यक्ष सुमन श्रेष्ठले नेपालमा अलैंचि ृृउत्पादन तेस्रो मुलुकमा जस्तो प्राबिधिक तरिकाले काम गर्न नसकेर केहि अलैचिको भाउमा केहि घटबड भएको उनले बताए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी जिल्ला समन्व समितिका उपप्रमुख अम्बिका खवासले अहिले संखुवासभामा कृषिलाई बिशेष प्राथामिक दिएर अघि बड्ने र जिल्लालाई कृषिजन्या बस्तुमा आत्मानिर्भर बनाउने खवासले बताए ।