काठमाडौं, १७ असार । पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका कमेडिएन कपिल शर्मा बिभिन्न बिवादका कारण आजभोलि गुमनाम जिन्दगी बिताईरहेका छन । पछिल्लो समय मुम्बई एयरपोर्टमा देखिएका उनी कतिपए स्रोतका अनुसार आफ्नो बन्न गैरहेकी दुलहीसँग ग्रिसमा रमाईलो गरिरहेका छन ।
प्राप्त जानकारी अनुसार काम नपाए कै कारण उनको हालत दिनप्रति दिन खराबहुँदै गैरहेका कारण उनी आफ्नो चिन्ताको विषयबाट छुट्कारा लिन खोजिरहेका छन ।
आजभाेिल कपिल केही हप्ताका लागि आफ्नी प्रेमिका गिन्नी चतरथको साथमा ग्रिसमा रमाईरहेका छन । जहाँ उनले आफ्नो शरिरलाई पनि बिशेष ध्यान दिईरहेको कुरा जानकारीमा आएको छ ।
यो पनि पढ्नुहोस्
कपिलले धौधौ फकाए भारती सिंहलाई
प्रियंकाका प्रेमी निक जोनास दीपिकासँगपनि फिदा !
सलमान खानको चलचित्र ‘भारत’ को नाम परिवर्तन
पछिल्लो समय कपिलको ‘कमेडी वीथ कपिल नामक शो’ बिविध कारणबस नराम्रो तरिकाले असफल भयोे । आफ्नो नयाँ सो ‘फेम्ली शो वीथ कपिल’ लिएर आएका उनले तिनवटा मात्रै इपिसोड प्र्रसारण गर्नसके पछि कार्यक्रममा बन्द गरिदिएका थिए ।
त्यसपछि उनलाई बिभिन्न आरोपहरु लाग्दै गए । जुन आरोप उनले आफ्नी पूर्व–प्रेमीकाको हात रहेको जनाउँदै आएका छन । खबरका अनुसार पछिल्लो समय आफ्नो खसकिदै गएको ‘शो’ को चिन्ताले बढि मात्रामा रक्सिको सेवन गर्ने गरेका कपिलले केही समय सुधारगृहमा पनि बस्नु परेको थियो ।