Logo

रोनाल्डोले हारेपछि रेखाले दिईन यस्तो प्रतिक्रिया



धनराज वास्तविक : काठमाडौं, १७ असार । रशियामा २१ औं संस्करण विश्वकप फुटबल अन्तरगत सुपर १६ का खेलहरु चलिरहेका छन् । विश्वका दर्शकहरुको मनमा बस्न सफल खेलाडीहरुले नेतृत्व गरेका समुह पराजय भोगीरहेका छन् ।

नेपाली समर्थकहरुको रोजाईमा परेका मेस्सि र रोनाल्डोले खेलमा पराजय भोग्दा बाँकी विश्वकपका म्याचहरु खल्लो हुने प्रतिक्रिया दिएको सुनिन्छ । नायिका रेखा थापाको रोजाईमा पर्ने क्रिष्टियानो रोनाल्डो विश्वकपको सुपर १६ बाट बाहिरिएका छन् । उनको बहिर्गमन पछि नायिका थापाले खेलमा हार जित स्वभाविक भएको प्रतिक्रिया दिएकी छन् ।

उनले भनेकी छन्, ‘म रोनाल्डोको ठूलो फ्यान हुँ । म नेपालमा बसेर आफूलाई मनपर्ने खेलाडीको समर्थन गर्न त सक्छु तर परिणाममा कुनै साथ रहँदैन । त्यसैले खेल हेरेर मनोरञ्जन लिने हो । समर्थन गर्ने हो । मनपर्ने खेलाडीले हार्दा खुःद लाग्नु स्वभाविक हुन्छ । तर गालि गर्नु उचित होईन ।’

असार १६ गते भएका दुई खेलहरु ईतिहासमै सम्झिन लायक बनेका छन्। समकालिन समयका चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोलन मेस्सिले पराजय भोग्नु परेको दिन हो असार १६ । सुपर १६ कै खेलहरु चलिरहेको बेला नेपाली तिथि मिति अनुसार असार १६ गते रोनाल्डो र मेस्सि अथार्त फुटबल प्रेमीहरुको लागि सुखद बन्न सकेन ।

मेस्सिले नेतृत्व गरेको अर्जेन्टिनाले फ्रान्सलाई रोक्ने प्रयास गरेता पनि १ गोलले पछि परेको थियो । अर्जेन्टिनी स्टाईकर मेस्सिको सहयोगमा २ गोल र अर्का फरवार्ड डि.मारियाले १ गोल गरेका थिए । अर्जेन्टिनाका नेपाली समर्थकहरु एक्दमै निरास बनेका छन् । सामाजिक सञ्जालमा राईकराई गरेका दृश्यहरु पनि उत्तिकै मात्रामा देख्न पाईन्छन् ।

त्यस्तै उरुग्वे स्टाईकर कवानीको २ गोलसँगै रोनाल्डो नेतृत्वमा रहेको पोर्चुगल १ गोलमा सिमित हुन पुगेको थियो । अर्जेन्टिना र पोचुगल सुपर १६ को यात्राबाट बाहिएसँगै फ्रान्स र उरुग्वेको सेमि फाईनलको यात्रा तय भएको छ ।

रोनाल्डो र मेस्सिको बहिर्गमन पछि ब्राजिलका विश्व चर्चित फुटबलर नेयमारको बारे अनेकन टिकाटिप्णी हुन थालेका छन् । नेयमारको टिम ब्राजिल र मेक्सिकोबीच भोली असार १८ गते साँझ ७ः४५ बजेर मैदान भेट हुनेछ । उस्ता उस्तै शक्तिका रुपमा हेरिएका यि दुई समुहको परिक्षाले निकाल्ने परिणामले ब्राजिलियन नेपाली समर्थकहरुको प्रतिक्रिया आउने छ ।



प्रतिक्रिया दिनुहोस्