Logo

ऋण तिर्न समपन्नशाली विमान लिलाममा !



दिल्ली, १८ असार । भारतिय मदिरा कारोबारी विजय माल्याको आशिन लग्जरी जेट विमान लिलाम भएको छ । उनको उक्त जेट विमान ३४.०८ करोड भारुमा लिलाम गरिएको हो ।

यस अघि तीन पटक लिलाममा राखिसकेको विमान कानूनी अबरोधका कारण लिलाम हुन सकेको थिएन । बैंकको हजारौ करोड रुपैयाको ऋण र ब्याज तिर्न नसकेर भारतबाट भागेका माल्याको लग्जरी विमानको बारेमा धेरै पहिले देखिनै चर्चाहँदै आईरहेको थियो ।

अत्याधुनिक सेवा सुविधाले भरिपुर्ण विमानको दर्ता नम्बर पनि अति बिशिष्टको नाममा निकालीएको थियो । अब भने लिलाम भएको ब्घज्ञढ  A319-133C VT-VJM MSN 2650 को नाममा दर्ता रहेको उनको विमानलाई नयाँ मालिक मिलेको छ ।

अमेरिकाको बेस्ड विमान कम्पनि ‘एविएशन मेनेजमेन्ट सेल्स’ले विजय माल्याको यो विमान खरिद गरेको जनार्ईएको छ । उक्त्त कम्पनिले ५.५८ मिलियन अमेरिकी डलरको बोली लगाएको थियो । जो पछिल्लो चोटि कर विभागले गरेको लिलामी भन्दा कयौंगुणाले बढि रहेको जानकारी प्राप्त भएको छ ।

१.९ मिलियन डलरबाट सुरुभएको यो लिलामी विजय माल्याको किङफिसर एयरलाईन्सको बाँकि सर्विस करको रकम बराबर गर्न लिलामीको निर्णय गरिएको थियो ।

मुम्बईको छत्रपति अन्तराष्ट्रिय विमानस्थलमा रोकिराखेको यो विमानले पाँच वर्षदेखि उडान भरेको थिएन । लामो समयदेिख जहाज नउडेकाले यसको लिलामिको रकममा गिरावट आएको थियो ।

लिलाम गरिएको यो जेट विमानमा ६ जना क्रु मेम्बर सहित जम्मा २५ यात्रीले एकसाथ उडान भर्न सक्छन भने जेट भित्र बेडरुम, बाथरुम, बार र अन्तक्रिया हल जस्ता कयौ सुविधाले सम्पन्न रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्