Logo

भाग्यले अर्बपति बनाएका माझि



काठमाडौं, १८ असार । भाग्यले भुतलाई पनि नोकर बनाईदिन्छ भन्नेकुरा आजसम्म उखानको रुपमा मात्र सुनिएता पनि फिलिपिन्सका एक माझिको जीवनमा भने साच्चिकै बरदान सावित भएको छ ।

सामान्य मजदुरिको रुपमा समुन्द्री माछा मार्ने र त्यहिमाछा बेचेर जिविकोपार्जन गर्दे आएका उनको जिन्दगि राता–रात बद्लिएको छ । त्यो पनि एकै झट्कामा अर्बपति ।

प्राप्त जानकारीका अनुसार फिलीपिन्सको एक पलावन्ड टापुमा बसोबास गर्ने गरिब माझि परिवारको एक ब्यक्ति सन् २००६ मा एक समुन्द्रमा माछामार्नको लागि गएका थिए ।

माछा मार्नजादा सामान्य समुन्द्रीआंधी आएका कारण उनि त्यो आँधिमा फसेका थिए । केहीबेरको हावाहुरी पश्चात पनि आधी नरोकिए पछि उनले नजिकै रहेको सुनौलो खालको ढुङ्गामा टेकेर बसि आँधि कमहुने सपनाकासाथ केही समय अरु कुरे ।

जब समुन्द्र पुनः आफ्नो लयमा फर्कीयो तब उनले टेकेको ढुङगालाई नियालेर हेरे जुन दुई फिट अग्लो र सेतो रगंको निकै सुन्दर देखिने खालको ढुङगो थियो । माझिले कुनै अलौकिर सम्झेर त्यस ढ्ङगालाई आफ्नो घर लिएर आए र आफु सुत्ने खाटकोमुनि राखिदिए । त्यो पनि एक दुई दिनहोईन पुरा दशबर्ष सम्म ।

समय बित्दैजादा एकदिन त्यो माझिको घरमा आगलागि भयो र आगलागिकै समयमा माझिले आफ्नो बिस्तारामुनिबाट त्यो ढुङ्गालाई पनि बाहिर निकाले ।

केही दिन घरको आगनमानै रहेको उक्त ढुङ्गालाई पर्यटक अधिकृतले देखे पछि त्यो माझिको होस झण्डै उडेन । ति अधिकृतले बताए अनुसार त्यो कुनै साधारण खालको ढुङ्गामात्र नभएर बिसालखालको मोति थियो । बताई अनुसार त्यो बिसाल मोतिको बजार मुल्य ६७० करोड थियो ।

अब माझिको जिवन पुरै वदलदियो त्यस ढुङ्गाले । संसारमा यो भन्दा पहिलाके मोति ६.४ किलोग्रामको मात्र पत्तालागेको थियो । ‘पर्ल अफ अल्लाह’ लाई आजसम्मको महङ्गो मोति मानिएको थियो जसको मुल्य चार करोड डलर भनेर भन्ने गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्