काठमाडौं, १८ असार । रसियामा चलिरहेको २१ औं संस्करणको फुटवल महाकुम्भमा दक्षिण अमेरीकी टिम उरुग्वे जारी विश्वकपको क्वाटर फाईलम प्रवेश गरेको छ । शनिवार भएको खेलमा पोर्चुगलको टिमलाई हराएपछि उरुग्वेका टिम प्रशिक्षकको धेरैनै चर्चा भइरहेको छ ।
उमेरले ७१ वर्षका ओस्कार वासिङ्टन तबरेज आक्रमक खेलमा जोडदिने भएरनै उनका साथीहरु उनलाई प्राईमेरी टिचर भनेर जिस्काँउन्छन । ६० को दशकका रोचक खेलाडीका रुपमा १२ बर्षे खेलजिवन बिताएका निर्विवाद खेलाडी मध्येका एक हुन प्रशिक्षक ओस्कार ।
टिम प्रशिक्षकको रुपमा ३० वर्ष बिताएका ओस्कारले कोलम्बिया, अर्जेन्टिना,ईटाली र स्पेन जस्ता ठुला फुटवल क्लबमा पनि कामगरेर देखाईसकेका छन । ३ मार्च १९४७ मा जन्मेका ओस्कार करिव २० वर्षदेखी ‘गुलेन बार सिन्ड्रोम’(जिबिएस) को शारिरिक समस्याबाट गुज्रिरहेका छन ।
शरिरको माशंपेशिलाई कमजोर बनाउने र श्वास प्रश्वासमा समेत कहिले काहि समस्या गराउने किसमको यो रोगले उनको शरिरपनि कमजोर पारिदिएको छ । जसकारण ओस्कार खेलको समयमा लठ्ठिको साहारमा खेलमैदान बाहिर जोसिलो अनुहारमा देखिरहेका हुन्छन ।
२००६ कोे अन्तबाटै उरुग्वेको टिमको प्रशिक्षकको रुपमा कामगरिरहेका उनले आफ्नो टिमलाई विश्वकप फुटवलमा चारचोटि क्वाटरफाईनलमा र एकचोटि सेमिफाईनलमा पुर्याई सकेकाछन । यस पटकको विश्वकपमा पनि कुनै राष्ट्रको टिमले उरुग्वेको बिरुद्ध गोल गर्न सकेको छैन ।
यो पनि पढ्नुहोस्
विश्वकप फुटबल : उरुग्वे नकआउट चरणमा प्रवेश
चोरी भएको ट्रफि र त्यो विश्वकपको सम्झना
ओस्कार संसारका यस्ता प्रशिक्षक हुन जस्ले विश्वकप प्रतियोगितामा(१९९०, २०१०, २०१४, २०१८) लमो समयदेखि एकै टिमलाई व्यवस्थापन गरिरहेका छन । उरुग्वेका फुटवलप्रेमी ९ नम्बरको जर्सीलाई भाग्यशाली सोच्ने गर्छन जसको कारण ओस्कारले लगाएको जर्सीलाई लिईन्छ । अहिलेका उरुग्वेका स्टाईकर लुईस सुअरेजले पनि त्यहि नम्बरको जर्सी लगाइरहेका छन ।
ओस्कारले धेरै चोटिका अन्र्तवार्ताहरुमा भनिसकेका छनकी लुईस सुअरेज र एडिन्सन कावानीले उरुग्वेको टिमलाई थप उचाईमा लगेका छन । शनिवार भएको पोर्चुगलसँगको खेलमा कावानी चोट ग्रस्त भएपछि ओस्कारले चिन्ता व्यक्त गरेका छन ।
उनको अनुसार‘कवानीको चोटले टिमलाई सबैभन्दा बढि चोट पुर्याएको छ । कवानीसंग चोट निकोपार्ने समयपनि नरहेका कारण उनले अगाडिको खेललाई कस्तो भुमिकामा राखेर अगाडि बढाउने?’भन्नेबारे चिन्ता व्यक्त गरेका छन ।
रसियाको निजनी नोअगराड खेल मैदानमा हुने सेमिफाइनलको खेलमा फ्रान्ससँग हुने उरुग्वेको प्रर्दशनभने हेर्नभने बाँकि छ । उरुग्वेको टोलिले दुईचोटि १९३० र १९५०मा विश्वकमा आफ्नो नामदर्ता गरिसकेका छन ।