काठमाडौं, १९ असार । सन १८३१ देखि ब्रिटिस अधिनमा रहेको फल्कल्याण्ड टापु आफुले फिर्ता पाउनुपर्ने दाबीगरेको अर्जेन्टिनाले साङ्घातिक हमला गरेपछि सन् १९८२ को अप्रिलमा बेलायतले पनि आफ्नो सैनिक कारबाही सूरु गरेको थियो ।
दुई कहिना १४ दिनको लगाई पश्चात ब्रिटिसहरु सामु अर्जेन्टिनाले आत्मसर्मपण गर्न बाध्य भएको थियो । त्यो लडाईमा २५५ जना ब्रिटिस सैनिक र ६४९ जना अर्जेन्टिनाका सैनिकको बलिदान दिएका थिए ।
बेलायतले आफ्नो एउटा सैनिक टुकुडी जो ‘गोरखा रेजिमेन्टका नामबाट प्रख्यात छ’ त्यसलाई युद्धमा खटाएको थियो । त्यो युद्धमा खटिएका सबै सैनिक बेलायती सरकारी सैनिक थिए ।
न त त्यहाँ नेपालको संलग्नता रहेको थियो न त सर्मथन वा विरोध नै । लडाई हारेको अर्जेन्टिनाले त्यतिखेर बेलायत र बेलायति सैनिकका बारेमा तितो पोख्नु स्वभाविक नै थियो ।
अर्जेन्टिना र बेलायबीचको लडाईले बिग्रेको सम्बन्ध सन् १९८९ पछि पुनः सुरु भयको थियो र आज दुबै देशमा एक अर्काका राजदुतावास रहेका छन ।
बरु हामीले हेर्नुपर्ने कुरा के हो भने विश्व युद्धदेखि बेलायतका लागि लड्दै आएका गोर्खाहरुका लागि बेलायतले के गर्यो ? गोर्खा सैनिकको पेन्सन सुविधामा बेलायत सरकारले गरेको पक्षपातको चर्चा अझै सेलाएको छैन ।
फल्कल्याण्डको युद्धका बारेमा १५ बर्ष अध्ययन गरेका अध्यता फर्नान्डो मिन्गो भन्छन ‘धेरै अर्जेन्टिनीलाई गोर्खा रेजिमेन्ट लडाईमा खटाईएका थिए भनेर थाहसम्म पनि छैन ’।
यो पनि पढ्नुहोस्
चोरी भएको ट्रफि र त्यो विश्वकपको सम्झना
मेस्सीको अठोट : विश्वकप नजिति सन्यास लिन्न
शारिरीक अपाङगता भएका प्रशिक्षकको रोचक विश्वकप यात्रा
त्यस्तै लुइस एम गोन्जालेजले भनेका छन ‘म अर्जेन्टिनी नागरिक ह र म यो आत्म्बिस्वासका साथ भन्नसक्छु धेरै जना र खासगरेर जो युद्धपछि जन्मिए तिनीहरुलाई गोर्खा को थिए र कहाँबाट आएका थिए भन्नेबारेपनि थाहा छैन ।’
यदि साँच्चिकै अर्जेन्टिनीहरु नेपालप्रति आज पनि दुश्मनको दृष्टिको भाव राख्थे भने देशकै प्रतिनिधित्व गर्ने स्टार खेलाडी लियोनन मेस्सिले गएको महा भूकम्प पछि नेपालमा युनिसेफ मार्फत आफ्नो ब्यक्तिगत खर्चमा १४ वटा स्वास्थचौकिको निर्माण गर्ने थिएनन् । जुनकुरा मेस्सिले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ को जनवरी १ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । आवासीय रुपमा न्युयोर्कमा रहने सयुक्त राष्ट्रसंधका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदुतको काम गर्दछन् ।
जुन आजसम्म पनि निरन्तर रहिआएको छ । सम्बन्धको आधार सदभाव,मैत्री एबम् आपसी समझदारीमा आधारित रहेको नेपालको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
तर नेपाल र अर्जेन्टिनाका दूतावासहरु एक अर्काका देशमा छैनन् । त्यसैले अर्जेन्टिनाको भिसा चाहिएमा भारतको दिल्ली जानुपर्छ जहाँ अर्जेन्टिनाले नेपाल र भारतका लागि समान व्यबहारबाट भिसा दिन्छ ।
युद्ध लडेको बेलायतलाई भिसामा कुनै रोक छैन भने नेपाललाई के को अवरोध लाग्नु ? थुप्रै नेपालीहरु खासगरी सरकारी अधिकारीहरु बिभिन्न कार्यक्रममा अर्जेन्टिना जाने गरेका छन ।
नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लाेस सउल मेनेमको शपथ ग्रहण समारोहमा सन् १९८९ मा अर्जेन्टिन भ्रमणमा पुगेका थिए ।
सयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संगठनहरु र अन्तराष्ट्रिय सभा सम्मेलनहरुमा दुई देशले धेरै मात्रामा साझा मुद्धा उठाउने गरेका छन । अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्र्राविधिक सहयोगलाई बढावा दिन चासो लिईरहेको छ ।
नेपाली परराष्ट्र मन्त्रालयको वेभसाइटमा सन् २०१० मा ११ सय दुई जना र २०११ म २२ सय २६ अर्जेन्टिनीहरु नेपालमा पर्यटकको रुपमा धुम्न आएका थिए भनेर लेखीएको छ ।