Logo

९ दिनदेखि गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि



काठमाडौं, १९ असार । थाइल्याण्डमा उद्धारकर्ताहरुले पानीको भेल फसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन् । ती स्कुले विद्धार्थी र उनिहरुका प्रशिक्षक गत नौ दिनदेखि हराएका थिए ।

बिद्यार्थीहरुलाई खेलकुद प्रशिक्षकले घुमाउन गुफामा लगेका थिए जहाँ उनीहरुलाई पानीले घेरीएको चट्टान माथि बसिरहेको अवस्थामा दुईजना ब्रिटिस गोताखेरहरुले भेटेका थिए ।

यो पनि पढ्नुहोस

प्रचण्ड अचानक थाइल्याण्ड प्रस्थान

मन्त्री यादवको उपचार नेपालमा असम्भव, थाइल्याण्ड लगिदै

थाइल्याण्डमाथि नेपालको शानदार जित

थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु

गुफामा फसेकाहरु जीवितै रहेको खवरले परिवार तथा उद्धारकार्यमा संलग्न सबैमा खुसिछाएको छ । गुफाको मुखैमा पुगेका बिबिसीका पत्रकार जोनाथन हेडका अनुुसार थाई अधिकारीहरुले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्याउने सोच बनाएका छन ।

सबैभन्दा पहिला फसेका स्कूले बालकहरुलाई बलियो बनाउन आवश्यक छ । तर पानी भेल पसेका गुफाभित्रबाट उनीहरुलाई निकाल्ने काम निकै कठिन रहेको छ । हराएका किशोरहरु र उनीहरुका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरुलाई घण्टौं लागेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्