Logo

विद्यालय सरसफाई अभियानमा सहयोग



रामपुर, पाल्पा, १९ असार । बजार तथा विद्यालयबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न फोहर व्यवस्थापन सामग्री वितरण गरिएको छ ।

रामपुर नगरपालिकाले रामपुरका बेझाड बजार, विजयपुर बजार, किसानबारी बजारबाट दिनहुँ निस्कने फोहरमैला व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापन सामग्री वितरण गरेको हो ।

यसका लागि गमबुट, पन्जा, मास्क, एप्रोन, गम्छा र साबुन वितरण गरिएको छ । यस्तै, रामतुलसी मावि, आधारभूत मावि, सीताराम मावि, नवदुर्गा मावि र दरैठाँटी माविलाई गरी जम्मा १८ सेट फोहर व्यवस्थापन सामग्री वितरण गरिएको नगर स्वास्थ्य शाखाका संयोजक तीर्थप्रसाद ढुंगानाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

पर्यटन विश्वविद्यालय सञ्चालनको तयारी

विद्यालय शान्ति क्षेत्रः कार्यान्वयन माग

पहुँचका आधारमा विश्वविद्यालय स्थापना नहुने : मन्त्री पोखरेल

 

सो सामग्रीको सोमबार वितरण गर्दै नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकालाई फोहरबाट मुक्त गर्ने अभियानका साथ फोहर सामग्री वितरण कार्य शुरु गरेको बताए । उहाँले आफ्नो गाउँघर, बजार, घर वरपरको वातावरण सफा र सुग्घर राखी विभिन्न किसिमका रोगको आक्रमणबाट टाढा रहन आग्रह गरेका छन ।

पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजना सञ्चालन भएका नगरका वडा नं ४, ५, ६ र ७ का विभिन्न विद्यालय तथा बजारमा फोहरमैला व्यवस्थापन सामग्री वितरण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्