Logo

प्राविधिक रुपमा कम्जोरः कर्णाली राजमार्ग पहिरो र हिलो



विश्वनाथ सिम्खाडाः काठमाडौं, १९ असार । पहाडी क्षेत्रमा प्राविधिक रुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट ठूलो धन जनको क्षतिहुने गरेको छ ।

कमजोर भू–धरातलमा बिना अध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्यमानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढ्दै गएको हो ।

कालिकोटका विभिन्न स्थानमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो । कर्णाली राजमार्गका विभिन्न स्थानमाडोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले कर्णाली राजमार्गमा पहिरोका साथै हिलाम्मे बनेको छ ।

कालिकोटका खाँडाचक्र नगर पालिका, तिलागुफा नगरपालिकाको राचुलि, लगायतका स्थानमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्तिले कर्णाली राजमार्ग हिलाम्मे बनेको छ ।

त्यस्तै एक साता अघिदेखि कर्णाली राजमार्गको गगने खोलामा पहिरो आउँदा कर्णाली राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।

अन्य स्थानहरुमा पनि २ दिन देखि परेको निरन्तर बर्षाले सडक हिलाम्मे बनेको थियो । घर टहरामा पनि क्षति भएको आसांका गरिएको जिल्ला दैविक प्रकोप उघार समिति कालिकोटले जनाएको छ । अहिले पनि निरन्तर परेको पानिले घरको छाना चुईदा रेडक्रस नेपाल कालिकोटमा पनि त्रिपालको माग गरिरहेको छन ।



प्रतिक्रिया दिनुहोस्