Logo

डा. गोबिन्द केसीको पक्षमा चिकित्सक संध आन्दोलनमा



सुर्खेत, १९ असार सरकारले वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।

चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।

चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा प्रवीणकुमार गिरीले बताए।

उपाध्यक्ष गिरीका अनुुसार, “चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्रा डा केसीको जीवन रक्षाका लागि सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमाभित्र प्रशासनको कुनैपनि पहल नभएपछि हामी आन्दोलनमा उत्रेका हौँ ।”

यो पनि पढ्नुहोस

गोविन्द केसीबिरुद्धमा अनशन थाल्छौंः अध्यक्ष थापा

नेता कार्यकर्ताको मेडिकल कलेज जोगाउने कि प्रतिपक्षी र गोविन्द केसीको माग पूरा गर्ने ?

गोविन्द केसी र सरकारको अर्को लडाई सुरु, निषेधित क्षेत्रमा अनशनको तयारी

गोविन्द केसीलाई वेवास्ता गर्दै यस्तो आयो चिकित्सा शिक्षासम्बन्धी विधेयक

उनले आजदेखि प्रदेशस्तरका आकस्मिक कक्षबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चिकालीन् बन्दका लागि आह्वान गरिएको पनि बताए ।

यता प्राडा केसीले आफूले राखेका माग सरकारले पूरा नगरेसम्म जीवनमरणको लडाई जारी राख्ने बताउनछ ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जनताका हितमा बोल्ने सच्चा नागरिकमाथि दमन र अपमान गरेर सरकारले नेपाली जनतामाथि अन्याय गरेको बताएका छन । सरकारले संविधानको मौलिक हक कुण्ठित गरेको औँल्याउँदै डा केसीको मानवअधिकार हरण गरिएको गुनासो गरेका हुन ।

चिसो र अँध्यारो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा पूजन रोकायाले बताय । उनका अनुसार डा केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ ।

पर्याप्त स्वास्थ्य सामग्रीको अभावमा डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेको पनि जानकारी प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्