काठमाडौं, २० असार । रशियामा जारी २१ आंै संस्करणको विश्वकपमा क्वाटर फाइनलका खेलहरु भईरहेका छन । चर्चामा रहेका टिमहरुले टप १६ मा आफुलाई उपस्थित गर्न सकेनन् । केही सुपर १६ फाइनलका खेलमा आफ्नो खराव प्रर्दशनले घर फर्कीसकेका छन ।
यस पटकको विश्वकपको दावेदार टिम को रहला भन्ने कौतुहल्ताका सबैको मनमा उठिरहेएको यो समयमा केही यो भन्दा अगडीका वर्षहरुमा भएका रोचक प्रसँगले पनि हाम्रो मनमा खेलीरहेको छ ।
कुन खेलाडीले कति गोल गर्याे र कुन देशले कति पटक विश्वकप जित्यो भन्ने चर्चा सामान्य नै हो, तर यहाँ केही त्यस्ता रोचक बिषयहरु छन । जो तपाईलाई सायद कमै याद होला ।
एकै खेलमा सर्वाधिक गोल गरेका खेलाडी, गोल गरेको देश, धैरे गोल भएको खेल, ११ सेकेन्डमा भएको गोल, आत्मघाती गोल गर्ने खेलाडिलाई दिएको मृत्युदण्ड र ५६ सेकेन्डमा दिएको रातो कार्डको दृश्य कम रोचक र दुःखद छैन । विश्वकपसंग जोडिएका यसता धेरै प्रसंगहरु जोडिएका छन् । जो यस प्रकार छन ।
११ सेकेन्डमै गोलः
विश्वकपको ईतिहाँसमा सर्वाधिक छिटो गोल कसले गरेको होेला भनेर जान्ने कौतुहल्ता धेरैलाई हुनसक्छ । सन २००२ को विश्वकपमा टर्कीका हाकान सुकुरले मात्र ११ सेकेन्डमा गोल गरेका थिए । दक्षिण–कोरिया विरुद्ध गरेको त्यो गोल विश्वकपको ईतिहाँसमा सबैभन्दा छिटो भएको गोल मानिन्छ ।
५६ सेकेन्डमा रातो कार्डः
खेलका क्रममा सबैभन्दा छिटो रातोकार्ड पाउने खेलाडीको किर्तीमान उरुग्वेका डिफेन्डर जोस बाटिस्टाको नाममा रहेको छ । उनले स्कटल्याण्ड बिरुद्धको खेलमा मात्र ५६ सेकेन्डमो रातो कार्ड पाएका थिए । जुन रेकर्ड आजसम्म कसैले तोडेको छैन ।
एकै खेलमा धेरै गोलगर्ने खेलाडीः
रसियाका स्टाइकर ओलेग सालेन्कोले सन् १९१४ को विश्वकपमा क्यामरुनविरुद्धको खेलमा पाँच गोल गरेका थिए जुन रेकर्डलाई अहिले सम्म कसैले तोड्न सकेको छैन । उक्त खेलमा रसिया ६–१ ले विजयीहुँदा सालेन्कोकले एक्लैले पाँच गोल गरेका थिए ।
धरै गोल भएको खेलः
एउटा विश्वकपको धेरै गोल भएको खेलमा हंगेरी र एल्साल्भाडोरबीचको खेल । सन् १९८२ को विश्वकपमा हंगेरी साल्भाडोरलाई १० गोल गरेको थियो । त्यसपछिाका केहि विश्वकप र हजारौ खेलहरुले आजसम्मपनि यो रेकर्डलाई ब्रेक गर्न सकेका छैनन् ।
एउटै विश्वकपमा धेरै गोलगर्ने खेलाडीः
कुनैपनि विश्वकप शुरुहुदा सुनको जुत्ता कसले पाउँन्छ भन्ने अनुमान गर्ने सायद जो कोहिलाई असजिलोनै लाग्ला । तर पुरा विश्वकपमा जसले सबैभन्दा बढि गोल गर्यो त्यसैले त्यो जुत्ता पाउने नियम रहिआएको छ । यस्तो एकै विश्वकपमा धेरै गोल गर्ने किर्तिमान फेन्च स्टाईकर जुस्टो फोन्टेनीको नाममा छ । उनले ६ खेलमा १३ गोल गरेर रेकर्ड कायम राखेका छन् ।
यो पनि पढ्नुहोस्
चोरी भएको ट्रफि र त्यो विश्वकपको सम्झना
नेपाल, फल्कल्याण्ड, अर्जेन्टिनाबीचको सम्बन्ध र भ्रम
शारिरीक अपाङगता भएका प्रशिक्षकको रोचक विश्वकप यात्रा
आत्माघाती गोलको बदला मृत्यु:
जारी विश्वकपमा मोरोक्कोले गरेको यसपटको पहिलो आत्मघाति गोलका कारण इरानले जितहासिल गेरपछि एउटा पुरानो घट्नालाई ताजा बनाईदिएको छ ।
घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो, जब कोलम्बियाका फुटबल खेलाडी आन्द्रे एस्कोबारले १९९४ को विश्वकप खेलमा एक आत्मघाती गोलको मुल्यमा आफनो ज्यान गुमाउनु परेको थियो ।
२२ जून १९९४ मा कोलम्बिया र अमेरिकाबीच भैरहेको महत्वपूर्ण खेलमा कोलम्बियाली फुटबल टिमले १–२ को हार सामना गर्नुपर्यो । यस खेलको क्रममा कोलम्बियाको तर्फबाट डिफेन्डर आन्द्रे एस्कोबारले एक आत्माघाती गोल गरेका थिए ।
हार ब्यहोरेको कोलक्बियाको टिम यो खेलसंगै विश्वकपबाट बाहिरिएको थियो । विश्वकपमा हार ब्यहोरेको कोलम्बिया घर फर्किएको ठिक दश दिनपछि यो घट्ना घट्न पुगेको थियो ।२ जूलाई १९९४ मा आन्द्रे एस्कोबार उनको शहर मेडिलिनमा एक पब बाहिर उभिएको समयमा उनीमाथि गोलि प्रहार भएको थियो । नाइट क्लबको बाहिर कार पाकिङ गर्ने ठाउँमा तीन जानाको समुहमा रहेको अज्ञात समुहले उनीमाथि अन्धाधुँन्द गोलिचलाउदा उनको मृत्यु भएको थियो ।
बिहान ३ बजेको समयमा भएको यस धटनामा उनको शरिरमा बाह्र राउन्ड गोलि प्रहार भएको थियो । जुन धटनालाई उनले गरेको आत्मधाति गोलको परिणामको रुपमा हेरिन्छ ।
एक रिपोटका अनुसार आन्द्रेमाथि गोली चलाउनुभन्दा पहिले हमलाकारीले ‘आत्मधाति गोलकोलागी धन्यबाद’ भन्दै गोलि चलाएका थिए । आक्रमणकारीले गोली चलाईरहँदा आन्द्रेले गोल गोल भन्दै कराएका थिए । घट्नालगतै आन्द्रेलाई अस्पताल लगिएपनि उनलाई बचाउन सकिएन । उनको शबयात्रामा करिब १२०,००० मालामीको सहभागीता थियो ।
एजेन्सिको सहयोगमा