खोटाङ, २० असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ ।
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त वाइफाइ पार्क निर्माण शुरु गरिएको हो । पार्क निर्माणका लागि यस वर्ष रु दुई लाख ५० हजार खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले जानकारी गराएका छन ।
नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ । सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको छ ।
यो पनि पढ्नुहोस्
१२ करोडको लगानिमा घोराही १० मा फनपार्क बन्दै
काठमाण्डौका महत्वपूर्ण सार्वजनिक स्थानमा ३० मिनेट फ्रि वाइफाइ सेवा
वर्षाका कारण सडक अवरुद्ध
लगातारको वर्षाका कारण जिल्लामा सञ्चालित अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । हिउँदमा मात्र सञ्चालन हुँदै आएका कतिपय सडक भलबाढीले खाल्डाखुल्डी पार्नुका साथै सडकमाथिबाट पहिरो झरेपछि अवरुद्ध भएका छन् ।
हाल चारवटा सडकमात्र सञ्चालनमा रहेको यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले बताउनुभयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम तथा दिक्तेल–बुइपा र दिक्तेल–जालपा फेदीसम्मको सडक सञ्चालनमा छ । सवारीसाधन नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललाई केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकासँग जोड्ने दिक्तेल–ऐँसेलुखर्क सडक हप्ता दिनदेखि ठप्प छ । केपिलासगढी र एँसेलुखर्क गाउँपालिका जाने सडकको अहिले दिक्तेलबाट जालपा फेदीसम्म मात्र पुग्न सकिन्छ । दिक्तेलबाट फोक्सिङटार जाने सडकमा अहिले बुइपासम्म मात्र पुग्न सकिन्छ ।
मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने सडकमा सवारी चल्न सकेका छैनन् । जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक एक महिनादेखि ठप्प छ ।रासस