काठमाडौँ, २० असार । राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ । विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा.गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको डा. केसीको अवस्थाका बारेमा जानकारी गराउन माग गरे ।
यो पनि पढ्नुहोस्
डा.केसीका १४ वटा अनशन र उपलब्धीहरु
डा.केसीको स्वास्थ्य गम्भीर हुँदै
राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानकारी गराउन उहाँले सरकारसँग माग गरेका छन् । त्यस्तै अनशनरत गंगामाया अधिकारीको अनशनप्रति सरकारले बेवास्ता गरेको तथा विभिन्न समयमा सांसदहरुले उठाएका समसामयिक विषयमा समेत सरकारले जवाफ नदिएको आरोप लगाए ।
सरकारको तर्फबाट स्पष्ट जवाफ नआएसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने घोषणा गर्दै विरोध जनाउनुभएको थियो । त्यसकोलगत्तै काँग्रेसका सबै सदस्यले आ–आफ्नो स्थानमा उठेर विरोध जनाउनुभएको थियो । रासस