काठमाडौं, २० असार । नेपाली गीत संगीत निक्कै फराकिलो भएको कुरा नकार्न मिल्दैन । गीत संगीत एउटा समुन्द्र हो, जहा जो पनि पौडिन सक्छन् । प्रत्येक दिन गीतहरु बजारमा आउछन र सुन्ने पनि गर्दछौंं ।
तर सुनेका सबै गीत सबै मनपर्छ भन्ने छैन । किनकि कस्तो अवस्थामा कस्तो गीत मन पर्ने हो ? भन्ने कुरा र्शक स्रोतामा भर पर्ने कुरा हो । गीत संगीत सबैको साथि हो । कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौं । गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।
यो सालको तीजमा पनि यहाँहरुको मनको डुकढुकि मेटाउन नेप्को इन्टरटेन्मेनतले तीजको कोसेली ‘असिना पानि’ बजारमा आएको उमा गिरीको प्रस्तुतिमा यो गीत तयार भएको हो ।
उमा गिरीका प्राय गितहरुमा स्वर दिएका खुमन अधिकारीले यस पालिको तिजमा पनि उमालाई साथ दिएका छन् । गायक खुमनले उमालाई तिजमा मात्र हैन अन्य गितहरुमा समेत साथ दिएका छन् ।
‘मुटुनै हल्लीयो “, ‘झ्यालको पर्दा खोल” ’डाक्टर साव’ “पुर्णीमाको जुन”, “खोटी कर्म” जस्ता लोक गित र ” नक्कली गहनाले पल्कायो चोर” तिजको गितमा गायक खुमन अधिकारीले उमालाई साथ दिएका हुन् ।
“नक्कली गहनाले पल्कायो चोर” दर्शकले मन पराएपछि गायक खुमन अधिकारी र गायिक उमा गिरीको तीज विशेष लक्षित गरी नेपाली नारीहरुको महान पर्व तिजको पुर्व सन्ध्यामा असीना पानी बोलको गित लिएर आएका छन् । तिजको भाकामा रहेको असीना पानी गीत सार्वजनिक भएको छ ।
तीज आउन अझैं दुईमहिना बाँकि छ । संगितिक क्षेत्रमा तीज विशेष सांगीतिक चहलपहल सुरु हुन भने थालिसकेको छ । केही वर्षयता तीजका भाकामा महिला र पुरुषको उत्ति कै सहभागिता रहने गरेको छ ।
“असीना पानी”मा लय तथा शब्द नेत्र अर्यालको रहेको छ । गीतमा उमालाई खुमन अधिकारीले स्वमा साथ दिएका हुन् । गीत ‘ असीना पानी’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
उमा र खुमनको स्वरमा रहेको असीना पानी बोलको गीत भिडियोको छायाङ्कन करण चैसीरले गरेका छन भने निर्देशन एकिन्द्र सारा शंकरको रहेको छ । सम्पादन अमर शाक्यले गरेका छन् । भिडियोमा जेम्स बिसी र पुर्णिमा श्रेष्ठको अभिनय रहेको छ ।