Logo

बिजुलीको बिल नतिर्ने ग्राहगको लाईन काट्न शुरु



धनकुटा, २० असार । धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन काट्न थालिएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख पवनकुमार शाहले बताए । विद्युत् महशुल नबुझाएको भन्दै जिल्लामा कूल ४०७ ग्राहकको लाइन काटिएछ ।

धनकुटा नगरपालिकासहित शाखाको कालोसूचीमा रहेका ७७ ग्राहकबाट रु छ लाख ३८ हजार रकम उठ्न बाँकी छ । असार मसान्तसम्ममा शुल्क नबुझाएमा लाइन काटिने शाहले बताएका छन । नगरपालिकाको महसुलबापतको रु २५ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।

यो पनि पढ्नुहोस्

मित्यालमा हावाबाट बिजुली निकालियो

भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढायो

पछिल्लो समय महशुल नबुझाउने ग्राहकको संख्या बढ्दै गएको छ । महसुल बुझाउन ताकेता गर्दासमेत महसुल नबुझाउने सरकारी कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिको लाइन काट्न शुरु गरेपछि ग्राहकले महसुल बुझाउन थालेको प्राधिकरणले जनाएको छ ।

विगत पाँच वर्षदेखि महशुल नतिरेका जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय तथा इलाका प्रहरी कार्यालय राजारानीले बक्यौता रकम जरिवानासहित बुझाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्