काठमाडौं, २१ असार । राजधानीको माईतिघर मण्डलामाबाट जुम्लामा अनशनरत डा.गोविन्द केसी र राजधानीको वीर अस्पतालमा अनशनरत गंगामायाअधिकारीको जीवन रक्षाको लागि बिरोध प्रर्दशनमा उत्रेका मानव अधिकारवादी, समर्थक र आफन्तलाई प्रहरीले धरपकड गरेको छ ।
सरकारले जारी गरेको निषाधाज्ञा खारेजीको माग गरेका छन् । मानव अधिकारवादीहरुले डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएको आरोप लाएका छन् ।
हाम्रा फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार सरकारले जारी गरेको निषाधाज्ञा तोडेर मानव अधिकारकर्मी, मानव अधिकारवादी, समर्थक र आफन्तहरु माईतिघरमा कालो झण्डा बाकेर बिरोधमा उत्रेका थिए ।
तस्बिर मुकुन्द कालिकोेटे