Logo

जिल्ला स्तरीय वक्तृत्वकलामा सम्झना प्रथम



मोहन तामाङः संखुवासभा, २२ असार । जिल्ला युवा समिति संखुवासभाले “समृद्ध नेपाल सुखी नेपाली अभियानमा युवाको भूमिका शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा भिविन्न स्थानका ९ जना प्रतिस्पर्धीहरु सहभागी भएका थिए । सम्झना घिमिरे प्रथम, शंकर खत्री द्धितीय, आयुष कटुवाल तृतीय र शान्त्वना सविना पोख्रेल भएका छन् ।

प्रथम हुनेले विराटनगरमा २३ गते हुने प्रदेश नं १ स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । विजेताहरुले क्रमश जनही नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेको समितिका अध्यक्ष हरि लिम्बूले बताए ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियासिल संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । युवा प्रतिभा तथा उद्यमीहरुको सम्मान गर्ने उद्देश्यले कार्यक्रममा एक संस्था र तीन व्यक्तिलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा संघ संस्थाको तर्फबाट बालबालिकाको हक अधिकारको क्षेत्रमा क्रियासिल मकालु त्रिशक्ति समूह माट्स नेपाल रहेको छ । त्यस्तै गीत संगितको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै गायक उमंग लामा, हस्तकलाको क्षेत्रमा उद्यमी बनेर पहिचान बनाउन सफल नविन कार्कीलाई पनि सम्मान गरिएको छ ।

कार्की बाँसका सामाग्री निर्माण गरी सफल व्यवसायीको रुपमा परिचित छन् । त्यस्तै खेलकुदको क्षेत्रमा जिल्लालाई चिनाउन सफल भएको भन्दै खेलाडी अस्मिता गुरुङलाई पनि सम्मान गरिएको छ ।

उनी गत वर्ष वंगलादेशमा भएको साफ च्यम्पियनसिपमा १५ वर्ष मुनिको महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेलेका थिए । उनीहरुलाई प्रसंशा पत्र र नगदद्धारा सम्मान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्