मोहन तामाङः संखुवासभा, २२ असार । संखुवासभा प्रहरीले जेष्ठ १० गतेदेखि असार १८ गतेसम्म बरामत गरेको हात हतियारसहित ५ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक श्याम कुमार सारुमगरका अनुसार सिलिचोेङ गाउ“पालिका ५ वातेम्बाका केदार राई, चिचिला २ का सुरेन्द्र राई, सिलिचोङ ४ का पूर्णकुमार राई, सिलिचोङ ४ का सूर्यबहादुर राई र भारत बिहारकाका मोहम्मद मुन्ना खान पक्राउ परेका छन् ।
उनीहरुको साथबाट ७६५७ राउण्ड इन युएसए लेखिएको पेस्तोल थान १, १४ राउण्ड गोली, २ थान म्यागजिन, थ्रीनट थ्री राईफल २ थान, कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग गरिने गोलीहरु र बिस्फोटक पदार्थ पनि बरामद गरिएको उनले बताए ।
प्रहरीले राईफलको १० थान गोली, गोलीको खोका भित्र राखिएको बिस्फोटक पदार्थ, तार जडित डेटोनेटर, त्यसको खाली कभर २ थान, एन्टेना जोडिएको सेतो रंगको रिमोट पनि सार्वजनिक गरेको छ ।
भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने बारुद, सोडा, गन्धक लगायतका पदार्थ पनि भेटिएको उनले बताए । साथमा युवा जनसोयंम सेवक सदस्यता रसिद पनि फेला पारेको बताए ।
विस्फोटक पदार्थ खरखजना अन्र्तगत २ बर्ष सम्म कैद सजाय वा २० हजार रुपैयाँ जरिमाना वा दुवै हुन सक्ने छ । हातहतियार खरखजनामा छ महिना देखि एक वर्ष कैद वा साठी हजार देखि एकलाख रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने छ ।