Logo

बालकको पानिमा डुबेर मृत्यु



मोरङ, २२ असार । मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिएका छन । शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्