Logo

निर्वाचन आयुक्त भवनको उद्घाटनमा



उदयपुर, २२ असार । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गरेका छन ।

भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने नीति लिएको र सोहीअनुरुप उदयपुरमा पनि नयाँ भवन स्थापना गरिएको बताएका छन ।

आगामी आर्थिक वर्षभित्र बाँकी रहेका जिल्लामा पनि निर्वाचन कार्यालयको भवन स्थापना गर्दै लगिने डा यादवले बताए । विसं २०७३ भदौ १ गते निर्माण कार्य शुरु भएको उक्त भवन हालै सम्पन्न भएको हो । रु एक करोड २२ लाख ६८ हजार २७५ को लागतमा तीन तलाको उक्त भवन निर्माण भएको हो ।

चौध कोठा रहेको उक्त भवन भूकम्प प्रतिरोधात्मक र जिल्लाकै सरकारी कार्यालयमध्ये उत्कृष्ट रहेको जिल्ला निर्वाचन अधिकृत एकबहादुर बस्नेतले बताए।रासस



प्रतिक्रिया दिनुहोस्