Logo

फेशबुक पोस्टले बद्लिएका दुई जिन्दगी



काठमाडौं, २२ असार । कयौचोटि हामीले बाटोमा भिख माग्ने घरवार बिहिन बच्चालाई देखेका छौं होला, हामी तिनीहरुलाई बद्मास अथवा काम गरेर खान नसक्ने भनेर हेपेर अगाडी बढ्छौ पनि होला । तर अफ्रीकी देश केन्याको जाँन टुओको कहानीले सायद तपाईको सोच बद्ल्न सक्छ ।

यो घटना जुन ३० तारेक २०१८ को हो । केन्याको राजधानी नैरोबीमा बसोबास गर्ने जाँन टुओ सडकमा भिख मागेर गुजारा गर्ने मध्येका एक थिए । एक दिन सडकमा भिख माग्दै गर्दा उनको नजर एउटा कारमा गएर रोकिन्छ ।

जोन अलिकति भिखको आशामा त्यो कार नजिक गए तर कारमा एकजना बिमारी बृद्ध महिलाको हालत देखेर उनका आँखाबाट आँसु निस्किए । उनले आफुले दिनभरी मागेर जम्मा गरेको पैसा ति बृद्ध महिलालाई दिए ।

यो सत्य घटनालाई नजिकै रहेका एक मानिसले आफ्नो फेसबुकबाट सबैलाई जानकारी गराउँन खोजे । जुन घटना एकै दिनमा संसार भरि भाईरल बन्यो ।

सडकमा कार बिस्तारै गुडिरहेको समयमा जोनले भिख पाउने आशामा कारलाई रोक्न इसारा गर्दे हात बढाए र उनले देखेकी एक बृद्ध महिला कार चलाउदै थिईन जहाँ उनको दाँया–बाँया मेसिनर ट्युव लगाईएका थिए । ति बृद्ध महिला अक्सिजनको साहायताबाट स्वास लिईरहेकि थिईन ।

फेसबुक पोस्टका अनुसार ग्लेडीज कमान्डे नाम गरेकी ति महिलाको उमेर ३२ वर्ष जनाईएको छ । ति महिलाले जोनलाई आफ्नो लङ्स खराव भैसकेको र पेसाको अभावमा उपचार गर्न नसकेको तथा उपचार गर्न पाए आफु निको हुने ईच्छाको कुरा जोनलाई बताईन ।

जोनले जब महिलाका कुरा ध्यान पूर्वक सुने र उनले सोचेकी यति खराव हालत त मेरो पनि छैन । जति ति महिलालाई छ । यो दृश्यले जोनको मन पग्लियो र आफुसंग भएको जम्मै पैसा ति महिलालाई दिदै उनी रुन थाले ।

फेसबुकमा यो भिडियो भाईरल भएपछि यि दुईको जिन्दगी बद्लिएको छ । ति बिरामी महिलाई संसारभरिबाट नचिनेका मानिसले करिब ५४ लाख रुपैयाँ सहयोग पठाए र महिलाले आफ्नो उपचार गरिन ।

यो पनि पढ्नुहोस्

सलमानले छिमेकिलाई किन दिए दुःख ?

रितेश र जेनेलियाको जीवन संसारलाई नियाल्दा

बिवाहनै नगरि आमा बनेकी बलिउड नायिकाको चर्चा

सडकमा भिख मागेर खाने जोनलाई पनि अब भिखको आशामा भौतारि रहनु परेन । उनको कथालाई पढेर निसी वागबुगु नाम गरेकी महिलाले उसलाई आफनो धर्मपुत्र बनाईन जहाँ जोन अहिले स्कुल जाने गर्दछन ।

जोनका अनुसार उनकी आमाको मृत्यु पश्चात उनी घर छोडेर भिख माग्न लागेक थिए । जोनका बुबाले आमाको मृत्यु पश्चात पिट्न सुरु गरेका थिए । सडकमा भिख मागेर खानु बाहेक उनको संसारमा कुनै साहारा थिएन ।

खबर अनुसार अब ति बालक निसी वागबुगुकोसाथमा आरामको जिन्दगी बिताईरहेका छन । उता ग्लेडीज कमान्डेको रोग पनि बिस्तारै निको हुदै गइरहेको जनार्ईएको छ ।

– एजेन्सिको सहयोगमा



प्रतिक्रिया दिनुहोस्