Logo

थाई गुफाः उद्धारमा खटिएका गोताखोरको मृत्यु



काठमाडौं, २२ असार । चियाङ राइको गुफामा फसेका किशोरहरू र प्रशिक्षकको उद्धारमा खटिएका थाइ नौ सेनाका पूर्व गोताखोर समन गुनानको थाम लुवाङ गुफाबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

उनी गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्‍याएर फर्किनेक्रममा बेहोस भएको र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ । उनी ३८ वर्षका थिए । एक अधिकारीले भने, उनी अक्सिजन पुर्‍याउन गएका थिए ।  उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो।

यो पनि पढ्नुहोस्

थाइ गुफाः१० दिनपछि पहिलो पटक खानेकुरा, 

गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि

उनको स्थानीय समय अनुसार राति २ बजे निधन भएको बताइएको छ । गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ । उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए ।

किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिइरहेका छन् । बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्