Logo

विश्व कै तीव्रगतिको ल्यापटप



काठमाडौं, २२ असार । विश्वमा ८ जिबी र्‍यामसहितको स्मार्टफोन पनि आउला भन्ने सायदै कसैले सोँचेका थिए, जुन अहिले यथार्थ बनेको छ । यस्तै कुनै ल्यापटप १ सय २८ जिबी र्‍यामको हुनसक्ला भन्ने कुरा पनि धेरैलाई पत्यार नलाग्न सक्दछ ।

तर चिनिया कम्पनी लेनोभोले १ सय २८ गिगाबाइट र्‍याम भएको दुनियाँकै सबैभन्दा फास्ट ल्यापटपको निर्माण गरेको छ । बेलायतमा भएको नेक्स्ट बिल्ड कन्फ्रेन्समा लेनोभोले त्जष्लपएबम एछद्द ल्यापटप सार्वजनिक गरेको हो । भर्चुअल रियालिटी फिचरयुक्त यो ल्यापटपमा ६ टेराबाइटको इन्टर्नल स्टोरेज रहेको छ ।

यो ल्यापटपमा १५।६ इन्चको फोर के टचस्क्रिन डिस्प्ले रहेको छ, जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा तीनवटा युएसबी ३.१ टाइप ए पोर्टका साथै दुईवटा युएसबी सी, एउटा एचडिएमआइ टू, एउटा मिनि डिस्प्ले पोर्ट तथा एसडीकार्ड रिडर, वाइफाइ, ब्लुटुथ र फोर जी एलटिई समेत रहेको छ । कम्पनीका अनुसार यो ल्यापटपमा ५ वटा अपरेटिंग सिस्टमका विकल्प रहेका छन् ।

जसमा कार्यक्षेत्रका लागि विन्डोज टेन प्रो, विन्डोज टेन होम, उबुन्टु, लिनक्स लगायत छन् । साथै यसमा लेनोभो भान्टेज र माइक्रोसफ्ट अफिस २०१६ पनि प्रिलोडेड हुनेछन् ।

ल्यापटपमा इन्फ्रारेड क्यामरा हुनेछ, जसमा फेसिएल रिकग्नीसन तथा एचडी वेबक्याम फिचर हुनेछ । यसले उत्कृष्ट भिडियो कलिङका लागि सहयोग गर्नेछ । –एजेन्सी



प्रतिक्रिया दिनुहोस्