Logo

मधेसमा जन्मेका थिएनन् बुद्ध



काठमाडौं २३ असार ।नेपालको राष्ट्रिय गान’लाई सम्पूर्ण नेपालीहरूले आजसम्म बडो श्रद्घा, आस्था, सम्मान र सर्वसम्मत रूपले राष्ट्रिय गौरव, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र प्रतिष्ठाका रूपमा स्वीकार गरेर हामी नेपालीहरूले हाम्रो राष्ट्रिय झण्डासामु उभिएर राष्ट्रिय गीत गाउँदै राष्ट्रलाई सलामी दिँदै आएका छौं, त्यो गानमा उल्लेख गरिएको छ, ‘ज्ञानभूमि शान्तिभूमि तराई, पहाड र हिमाल’।

तसर्थ, भारतमा निर्वासित जीवन बिताई रहेका दलाई लामाको अभिव्यक्ति–गौतम् बुद्ध मधेसमा जन्मेका हुन् भन्ने भनाईले सबै नेपालीलाई स्तब्ध तुल्याएको छ । अहिले सबै नेपालीहरूले नेपालको तराई भागलाई मधेस हो भनेर स्वीकार गरिरहेको अवस्था छैन । तराई÷मधेस पर्यायवाची शब्द पनि होइन । ‘मधेस’ शब्दले कुनै पनि महादेश, देश र प्रायद्विपको मध्य भागलाई बुझाउँछ । योे खबर आजको नागरिक दैनिकमा छापिएको छ ।



प्रतिक्रिया दिनुहोस्