Logo

सेवाग्राहीसँग घुस माग्ने इञ्जिनीयर पक्राउ



बाँके, २३ असार । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।

गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताएका छन। उनका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्