काठमाडौं, २४ असार ।
कविता–उनको तस्बिर
आज धेरैपछि
उनको तस्बिर हेर्न पाएँ
पहिले भन्दा हल्का मोटि
अझै राम्री भईछिन्
हेरिरहुँ लाग्ने थियो
उनको तस्बिर ।।
सिउँदो रंगिएको थियो
रातो सारीमा सजिएकी थिइन्
ओठमा मुस्कान थियो
मन खुसी थियो या थिएन
त्यो त बुझ्न सकिन
तर पनि
हेरिरहुँ लाग्ने थियो
उनको तस्बिर ।।
मनले सोच्यो
उनी खुसी रहिछन्
सुखी रहिछन्
अनि आँखा रसायो
खुसीले हो या पिरले हो
आफैले थाहा पाइन
सायद वर्षौं पछि देखेर होला
हेरिरहुँ लाग्ने थियो
उनको तस्बिर
खुसी छिन् रे भनि
सुन्न पाएको भए
म त्यसै खुसी हुन्थें
रसाउँथेन आँखा पनि
रुने थिएन यो मन पनि
यस्तै यस्तै के के सोच्दै
निकैबेरसम्म हेरिरहेँ
उनको तस्बिर
‘लेखक लोक दोहोरी सर्जक हुन ।’