Logo

महिलाका विषयलाई प्राथमिकता दिन सुझाव



काठमाडौँ, २४ असार । लैङ्गिकतासम्बन्धी समाचार प्रकाशन–प्रसारण गर्दा संवेदनशील हुनुपर्ने धारणा सरोकार भएकाहरुले व्यक्त गरेका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा राजधानीम आयोजित ‘सञ्चार माध्यमबाट हुने प्रकाशन तथा प्रसारणमा लैङ्गिक संवेदनशीलता’ विषय अन्तक्र्रियामा वक्ताहरुले संवेदनशीलता नअपनाउँदा पीडितलाई थप समस्या हुने गरेको आरोप लगाउँदै उनीहरुले जिम्मेवारीपूर्ण ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले उत्पीडनमा पारिएका महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यमसँग अपिल गरेका छन् ।

सचिव ठाकुरले २०७४ मंसिर २४ गतेदेखि आयोगले शुरु गरेको हेल्प लाइन सेवामा अहिलेसम्म करीब चार हजार लैङ्गिक हिंसासम्बन्धी सूचना आएको समेत जानकारी दिए ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्