धनराज वास्तविक: काठमाडौं, २५ असार । नेपाली लोक तथा दोहोरी गीतका सन्दर्भहरुलाई लिईएर बेलाबेलामा अनेकन कुराहरु उठिरहन्छन् । तर सत्य फरक छ । लोक तथा दोहोरी गीतको गरिमा फरक छ । यसको माधुर्यता भिन्न छ । यसको मानक फरक छ ।
संसारमा कहि नभएका कुराहरु हाम्रो देशमा हुन्छन् । असम्भव प्राय मानिएका कुराहरु पनि नेपालमा भएका छन् । वर्षमा गीत संगीतको बिकास, बिस्तार, संरक्षणको नाममा कति अवार्ड सम्पन्न हुन्छन् होला ?
यस प्रश्नको सहज जवाफमा हो दर्जनौं अवार्ड । के साच्चै सबै अवार्डले असली कलालाई सम्मान गर्न सकेका छन् ? यसको अनुमानित जवाफ हो केही हदसम्म गरेका छन् ।
पछिल्लो समयमा नेपाली गीत संगीतको बजारमा यस्ता आवाज र प्रतिक्रियाहरु सुन्न पाईन्छन् । आज अवार्डको बिरोधिको रुपमा देखा परेको मानिस भोली कुनै संस्थाले अवार्डमा नाम सिफारिस गर्यो भने उ व्यक्ति जति दङ्ग अरु कोही हुँदैन ।
पैसाले किन बेच हुने भनिएका अवार्डहरुले असली कलाकारलाई भने नराम्रो असर गर्छ । सम्बद्ध पक्षले यस्ता कुराहरुलाई समयमै ध्यान दिनुपर्छ । कलाकारीतामा भित्रिएको विकृतिको रुपमा विकसित हुँदै गरेको यो अवार्ड बिधालाई अस्विकार गरेर टाढै बस्ने कलाकार एकदम कम भेटिन्छन् ।
यो पनि पढ्नुहोस्
प्रगतीको मिरामिडमा मोडल रिना थापामगर
लोक आईडल २०७५ को उपाधि आर.के नेपालीले जिते
सबै प्रसंगहरुलाई थाति राखेर भन्ने हो भने अवार्डबाट सम्मानित भएका केही गीतहरु र केही कलाकारहरु सबैले मानेका व्यक्ति भित्र पर्छन् । रचना र अभिनय, गीत र संगीतले बोकेको ओजनलाई कसैले लुकाउन मिल्दैन । आरोपहरुको पेलानमा राम्रा कलाकारहरुलाई पेल्नु पनि त अन्याय होला नि ?
आईतबार सम्पन्न ओ यस म्युजिक अवार्ड पनि आलोचना मुक्त हुन सकेन । केही निर्देशक, कलाकारहरुले वर्तमान समयमा वितरण गरिने अवार्डहरु पैसामा बिक्रि गरिने गरेको आरोप लगाएका छन् । केही कलाकारहरुले गरेको आलोचनाले यो कुरा प्रष्ट पारेको हो ।
लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय शब्दमा रहेको ‘कान्छि ओई कान्छि’ बोलको गीत, कृष्ण रेउलेको लय शब्दमा तयार पारिएको ‘गाउँमा हल्ला चल्यो’ बोलका गीतमा समाविष्ट कलाकारहरु पनि अवार्डडेट बनेको कुराहरु सार्वजनिक गरेका छन् । उल्लेखीत गीत र सर्जक, ति गीतहरुमा अभिनय गर्ने कलाकारहरुलाई भने पछिल्ला आरोपहरुले नछुन सक्छन् ।
त्यस्तै ओ यस म्युजिक अवार्डमा अमृता लुङ्गेली मगर, महेन्द्र गौतम, निर्मल क्षेत्री, रीना थापा मगर, मञ्जिता केसी, सञ्चीता शाही लगायत कलाकारहरुले अवार्ड जित्न सफल भएका छन् ।