Logo

विद्यालय जाने क्रममा ढुंगा लागेर किशोरीको मृत्यु



दार्चुला, २५ असार । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी छोरी १५ वर्षीया माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिएका छन।
विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी गराए । मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् ।
घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्