काठमाडौं, २५ असार । वर्षौदेखि बहसमा मात्रै सिमित रहेको बक्स अफिस प्रणाली चलचित्र विकास बोर्डको अध्यक्षको नियुक्ति बदरसँगै फेरि अन्यौलमा परेको छ । निर्वतमान बोर्ड अध्यक्ष निकिता पौडेलको सक्रियतामा बक्स अफिस जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताईएको थियो ।
वर्तमान सरकारद्वारा जारी ०७५–०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली ई–टिकेटिङ सिस्टम लागू गर्ने बुँदा उल्लेख छ । अब सरकारको बजेटमा अटेको बक्स अफिसको बुँदा कार्यन्वयन हुन्छ वा हुँदैन रु त्यो हेर्न बाँकी छ ।