Logo

फरक क्षमतावानलाई गाउँपालिकाको भत्ता



भोजपुर, २५ असार । फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ ।

गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।

‘ग’ र ‘घ’ वर्गका ७५÷७५ जना गरी जम्मा १५० जना अपाङ्गता भएका व्यक्तिलाई प्रतिव्यक्ति वार्षिक रु छ हजारका दरले भत्ता प्रदान गरिएको स्थानीय सरकारका प्रमुख एवं गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन।

राज्यले प्रदान गर्ने सेवा सुविधाबाट वञ्चित रहेका यस्ता फरक क्षमताका सर्वसाधारणले पहिलोपटक गाउँपालिकाबाट भत्ता तथा सम्मान पाएपछि हर्षित भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्