Logo

जाजरकोटमा तलव नपाएका स्वास्थ्यकर्मीद्धारा आन्दोलन



जाजरकोट, २६ असार । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा आन्दोलन गरिरहेका छन ।

आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका थिए । तर आजदेखि इमरजेन्सी सेवा समेत बन्द गरेपछि सेवाग्राही मर्कामा परेका हुन् ।

समयमा बजेट निकासा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् ।

भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता खान नपाएको जाजरकोट अस्पतालका प्रमुख डा राजेन्द्र लामाले बताएका छन ।रासस



प्रतिक्रिया दिनुहोस्