काठमाडौं २८ असार ।वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ ।
गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र असरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको हो ।
उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन् । –नागरिक दैनिकबाट