Logo

‘रेस ३’ बन्यो सर्वाधिक कलेक्सन गर्ने फिल्म



भारत, २८ असार । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘रेस ३’ रिलिज भएको एक महिना हुँदैछ । यसबीच फिल्मले वर्ल्डवाइड ३ सय करोडको कलेक्सन पूरा गरेको छ, जसकारण अब ‘रेस ३’ यस वर्षको सबैभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ ।

यो फिल्मले बक्सअफिसमा सानदार सुरुवात गरेको थियो । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोेडको कलेक्सन पार गरेको थियो । तर, फिल्म समीक्षकको नेगेभिट रिभ्यू र अनलाइन लिकका कारण दोस्रो हप्तादेखि फिल्मको कमाईको प्याराग्राफ निकै तल झर्‍यो ।

फेरि फिल्मको तेस्रो हप्तामा सञ्जूु रिलिज भयो, जसको कारण ‘रेस ३’ को कमाईमा झन् बढी असर देखियो । बक्सअफिस इन्डियाको रिपोर्ट अनुसार, योे फिल्मले प्रदर्शनको २४ दिनमा वर्ल्डवाइड ३ सय ३ करोडको कलेक्सन गरेको छ ।

यो पनि पढ्नुहोस्

रेस ३’ ले कमायो सय करोड

‘रेस ३’ हेर्न सलमानको आग्रह

संसार कै सय झुर फिल्ममा ‘रेस ३’ !

फिल्मले सबैभन्दा बढी ५१.५ लाख डलरको कमाई गल्फ देशबाट गरेको छ । फिल्मको दोस्रो सबैभन्दा ठूलो मार्केट यूनाइटेट किंगडम रह्यो, जहाँ फिल्मले ११.७ लाख डलरको विजनेश गर्‍यो ।

‘रेस ३’ एक मल्टिस्टारर फिल्म हो । यसमा सलमान खानका अलावा बबी देओल, अनिल कपूर र ज्याकलिन फर्नान्डिसले अभिनय गरेका छन् । फिल्मका निर्देशक रेमो डिसूजा हुन् । एजेन्सी,



प्रतिक्रिया दिनुहोस्

Screenshot