काठमाडौ, २९ असार । । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल र सास्कृतिक सस्थान नाच घरको सयुक्त आयोजनामा असार २६ गतेदेखि शुरु भएको राष्ट्रिय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधी नगरकोट दोहोरी साझले प्राप्त गरेको छ । प्रथम हुने नगरकोटका कलाकारहरुले जम्मा ७११ र दोस्रो हुने गामवेशी दोहोरी साझका कलाकारहरुले ७०५ अङ्क प्राप्त गरेका थिए । त्यस्तै गामवेसी दोहोरी साझ दोस्रो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा रोल्पा तेस्रो र बढीगाढ समुहले चौथो स्थान हासिल गरेको छ ।
यो पनि पढ्नुहोस्
लोक आईडल २०७५ को उपाधि आर.के नेपालीले जिते
तेस्रो हुने प्रतिष्ठान रोल्पाका कलाकारले ७३२ अङ्क र बढिगागाढ समुहका कलाकारले ७३० अङ्क प्राप्त गरेका थिए । बिजेताहरुले क्रमशः एकलाख, ५० हजार, २५ हजार र चौथो हुनेले १० हजार नगद सहित मेडल प्राप्त गरेका छन । प्रतियोगितामा देशभरबाट १७ समुहले भाग लिएको आयोजकले जानकारी दिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका प्रमुख अतिथि एवम वरिष्ठ कलाकार नारायण रायमाझीले बिजेताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सस्थापक अध्यक्ष अमर विरही गुरुङ, कलाकर्मी पृथ्वी थकाली, सस्थानका महाप्रबन्धक राजेश थापा, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बिजिले गरेका थिए ।