Logo

डाक्टर केसीको अनशन तोड्न बल प्रयोग गर्छ : शिक्षामन्त्री पोखरेल



काठमाडौं, २९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले डा. गोविन्द केसीको अनशन तोड्न सरकारले बल प्रयोग पनि गर्न सक्ने चेतावनी दिएका छन् ।

शिक्षा विभाग र पत्रकार महासंघले आज काठमाडौंमा गरेको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले डा. केसीको अनशन तोड्न सरकारले बल प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् । केसीले जतिसक्दो छिटो आफुलाई सच्याउनु पर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्