Logo

के अमेरीकाले ब्रिटेनसंगको ब्यापार सम्झौता खारेज गर्न खोजेकै हो त ?



काठमाडौँ, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रेक्जिट भनिने युरोपेली युनियनबाट ब्रिटेनको बहिर्गमन सम्बन्धी प्रधानमन्त्री टरिजा मेको योजनाअघि बढे संयुक्त अधिराज्यले संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताहरू सम्भवतस् गर्न नसक्ने बताएका छन्।

उनले ुसनु समाचारपत्रलाई दिएको अन्तरवार्तामा त्यस्तो योजना कार्यान्वयन भए सम्झौता गर्ने अवस्था अन्त्य हुने र अमेरिकाले ब्रिटेन नभई युरोपेली संघसँग सम्बन्ध कायम गर्ने टिप्पणी गरे।

प्रधानमन्त्री मेले राष्ट्रपतिको रूपमा पहिलो पटक ब्रिटेन आएका ट्रम्पसँग अमेरिका ब्रिटेन स्वतन्त्र व्यापार सम्झौताका लागि कुराहरू राख्ने ठानिएको छ।

उनले ब्रेक्जिट संयुक्त अधिराज्य र सयुक्त राज्य अमेरिकामा आर्थिक वृद्धिको ढोका खोल्ने अवसर भएको टिप्पणी पनि गरेकी छन्।
राष्ट्रपति ट्रम्पले पूर्व ब्रिटिश विदेशमन्त्री बोरिस जोनसन उत्कृष्ट प्रधानमन्त्री बन्न सक्ने भन्दै उनीसँग त्यसका लागि चाहिने क्षमता भएको उल्लेख गरे। ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनको ब्रिटेन भ्रमणलाई छायामा पार्ने देखिन्छ।

यो पनि पढ्नुहोस्

भारतलाई पनि ट्रम्पले दियो यस्तो धम्की

चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

प्रधानमन्त्री मेले ट्रम्प र उनकी श्रीमतिलाई रात्रिभोज दिइरहँदा ब्रसल्समा लिइएको भनिएको पछिल्लो अन्तर्वार्ता छापिएको थियो। ब्रिटेनले हाल प्रस्तुत गरेको इयु बहिर्गमनको योजना जनताले मतदानमार्फत व्यक्त गरेको धारणा भन्दा फरक रहेको ट्रम्पले उल्लेख गरे।

उनले आफूले प्रधानमन्त्री मेलाई इयु बहिर्गमन सम्बन्धी सुझाव दिएपनि उनले त्यसलाई वास्ता नगरेको टिप्पणी गरे। उनले युरोपेली संघले संयुक्त राज्य अमेरिकालाई उपयुक्त व्यवहार नगरेकाले आफूले इयुविरूद्ध कडा रवैया अपनाएको उल्लेख गरे।

उक्त अन्तर्वार्तामा ट्रम्पले लण्डनमा अघिल्लो साल भएको आतंकवादी हमलाको प्रसङ्ग उल्लेख गर्दै त्यहाँका मेयर सादिक खानको आलोचना दोहोर्‍याएका थिए, ट्रम्पको प्रतिक्रिया संयुक्त अधिराज्यले इयुसँगको दीर्घकालीन सम्बन्धबारेको प्रस्ताव सार्वजनिक गरेकै दिन बाहिर आएको हो।बीबीसी



प्रतिक्रिया दिनुहोस्