Logo

विरोधकाबीच अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बेलायतको भ्रमण



लण्डन, २९ असार : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बेलायतको भ्रमण शुरु गर्नुभएको छ ।  उहाँको दुईदिने भ्रमण तालिका रहेको अधिकारीहरूले जानकारी दिएका छन् । ट्रम्पले रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गर्नुहुने भएको छ ।

ट्रम्पलाई बेलायती प्रधानमन्त्री टेरेशा मेले ब्लेन्हीम प्यालेसमा स्वागत भेट गर्ने कार्यक्रम रहेको छ ।  अमेरिकी राष्ट्रपतिका रूपमा उहाँले गर्नुभएको यो पहिलो बेलायत भ्रमण भए पनि बेलायतमा उहाँको व्यापक विरोध भएको छ ।

दशौँ हजार प्रदर्शनकारीहरूले उहाँको भ्रमणका विरुद्धमा प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्