काठमाडौँ, २९ असार । रियल मेड्रिडबाट इटालीको क्लब युभेन्टसमा भित्रिएका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीबारे मानिसहरुमा नयाँ जिज्ञासा छाएको छ । युभेन्टसले बुधबार रोनाल्डोको जर्सी नम्बर–७ आफ्नो अनलाइन सपिङ साइटमा राखेको केही बेरपछि नै साइटमा एकाएक ट्राफिक जाम भएको छ ।
३३ वर्षका यी स्ट्राइकरले नौ वर्ष रियल म्याड्रिडमा बिताएपछि युभेन्टसमा पनि नम्बर सातलाई छोडेका छैनन। उनलाई युभेन्टसले ८।८ करोड पाउन्डमा पाँच वर्षका लागि सम्झौता गरेको जानकारी प्राप्त भएको छ।
युभेन्टसको साइट ठप्प भएपनि प्रशंसकले टुरिनस्थित क्लबको आधिकारिक स्टोरबाट मात्र रोनाल्डाको जर्सी खरिद गर्न सक्नेछन् । पोर्तुगाली स्ट्राइकरले सन् २०१७ को च्याम्पियन्स लिगको फाइनलमा मेड्रिडको तर्फबाट युभेन्टसविरुद्ध दुई गोल गरेका थिए र म्याड्रिडले यो खेल ४–१ ले जितेको थियो ।
यो पनि पढ्नुहोस्
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
रोनाल्डोले रियल मेड्रिड छाडे, कस्तो रहला युभेन्टसको यात्रा ? किन छोडे मेड्रिड ?
रोनाल्डो सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएका थिए । रियल म्याड्रिडले त्यतिबेला विश्व रेकर्ड ८० मिलियन पाउन्डमा रोनाल्डोलाई आफूसँग अनुबन्ध गरेको थियो ।एजेन्सिको सहयोगमा