Logo

स्वास्थ्यकर्मीको आन्दोलन स्थगित



जाजरकोट, २९ असार । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।

लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।

जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताएका छन ।

यो पनि पढ्नुहोस्

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

जाजरकोटमा तलव नपाएका स्वास्थ्यकर्मीद्धारा आन्दोलन

भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह गरिएको थियो । नगरपालिकाले तलब र भत्ता गरी रु एक करोड ३२ लाख माग गरेकामा हाललाई रु ९५ लाख स्वीकृति भएको नगरप्रमुख घर्तीले बताएका छन ।

अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयाँै बिरामीले सास्ती खेपेका थिए । कैयौँ बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्