काठमाडौं,२९ असार । नेपाल आउने भनेका बलिउड अभिनेता सलमान खान नेपाल नआएपछि आज ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङ पक्राउ परेका छन् । सलमानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा धेरै टिकट बेचेर करोड भन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले उनलाईपक्राउ गरेको हो ।
सलमानलाई ल्याएर कार्यक्रम गर्ने भन्दै पैसा उठाएका गुरुङलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको महागरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी गराएका छन।
यो पनि पढ्नुहोस्
आज नेपाल आउने भनेका सलमान खान किन आएनन् ?
विप्लवको धम्की पछि सलमान खानको नेपाल भ्रमण स्थगित
नेपाल भ्रमण स्थगित’सम्बन्धि सलमानले मुख खोल्ने, बैशाखमा आउने
बलिउड अभिनेता सलमान खान गत फागुन २५ गते नेपाल आएर २६ गते प्रस्तूति दिने कार्यक्रम तय भएको थियो। तर सुरक्षाको काराण देखाउदै कार्यक्रम स्थगित भएको थियो। दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भए पनि उक्त कार्यक्रम हुन सकेन र सलमान खान नेपाल आएनन्।
कार्यक्रम स्थगित भए पनि कार्यक्रमका लागि भनेर बिक्री भएका टिकटको पैसा फिर्ता नगरेपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।