Logo

काँंग्रेस सभापति देउवाद्वारा दुर्घटनाप्रति दुःख व्यक्त



काठमाडौँ, २९ असार । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोक थाङपाल गाउँपालिका सल्लेमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन।

सिन्धुपाल्चोकको मेलम्चीबाट भोताङ जाँदै गरेको लु१च ९९९ नंको जीप बिहीबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु हुनाका साथै आठ जना घाइते भएका थिए ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन।

साथै सभापति देउवाले उक्त घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्