Logo

प्रदेश नं ७ः प्रदेशको आकस्मिक कोषसञ्चालनको कार्यविधि स्वीकृत



धनगढी, २९ असार । प्रदेश नं ७ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको आकस्मिक कोष सञ्चालनसम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको छ ।

प्रदेशको लेखा नियन्त्रण कार्यालयको नाममा यो कोषको खाता सञ्चालन हुनेछ, बैठकपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिएका छन।

मन्त्री शाहले केही दिनअघिको प्रदेशसभा बैठकबाट पारित भएको आकस्मिक कोष विधेयक, २०७५ लाई पूर्णता दिने क्रममा कार्यविधि तयार पारिएको र अब मापदण्ड बनाउने बताए।

प्रदेश आकस्मिक कोषको व्यवस्थाबाट प्राकृतिक र गैरप्राकृतिक विपद्का घटनामा पीडितलाई राहत लगायतका सामग्रीको व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्