Logo

युद्ध लामाको सांगीतिक यात्रा



काठमाडां, ३० असार । नेपाली गीत संगीतको जुनसुकै पाटो होस् यात फिल्मी क्षेत्रमानै किन नहोस् । मेहनती र क्षमतावान व्यक्ति धेरै भएपनी यहा ठाउँ अनि अवसर पाउने कलाकारहरु कमै मात्रामा भटिन्छन ।

आफ्नो मेहनेत देखाउनलाइ पनि अलि धेरै मिडियालार्इ हात लिउनु पर्ने देखिन्छ पछिल्लो समयमा जति पनि धेरै कलाकारको आगमनले गर्दा प्रतिसपर्धा गर्न पनि धेरैलाइ गाह्रो पर्ने देखिन्छ ।

निर्देशक ,मोडेल ,डान्सर अनि कोरियोग्राफी युद्ध लामा लगातार सांगीतिक फिल्डमा रहेका छन् । उनको सानैदेखिको रहर अनि अरुले आफुलाई मेला पर्ब अनि साँस्कृतिक कार्यक्रममा अपहेलना गर्ने अबसर नदिने गरेको मनको जलनले उनी आफ्नो मेहनेतले अहिले यो ठाउ सम्म आउन सफल भएका छन् ।

लामा चीनमा भएको एक हप्ते लान्ज्वो इन्टरनेशनल ड्रम कल्चर र फोक आर्टमा बिश्वका विभिन्न मुलुकहरु जस्तै गरि नेपाल पनि सहभागी भएकोले समग्र नेपालको प्रतिनिधित्व गरेर बुद्धलिङ कला केन्द्रका अध्यक्ष युद्ध लामा लगायतका १७ जनाको टोलि सहितले कार्यक्रममा सम्पुर्ण नेपाली र सिङ्गो देश नेपालको पहिचान रहने गरि आफ्नो प्रस्तुति दिएर सम्पुर्ण टोलि बुधबार नेपाल फर्केका छन।

काभ्रेपलालान्चोक जिल्लाको हालको चउरि देउरालि गाउ पालिकामा जन्मेका उनि २८ बर्षको भएका छन् उनको सानै उमेरमा बुवा आमाको निधनले उनलाई निकै दुखी बनायो दुख पिडा नहुने सायत यो संसारमा कमै मात्रामा भेटिञ्छन उनको पनि आफ्नै कथा अनि दुख रहेको छ जीवनमा उनि ४ र ५ बर्ष हुदानै उनको बुवा अनि आमाको निधन भएको थियो आफ्नो दुख अनि मेहनेतले अहिले आफ्नो छुटै स्थान बनाउन सफल भएका छन् लामा ।

दाइले राजधानी लिउनु भयो र उनको चाहना अनुरुप डान्स सेन्टरमा लागेर भर्ना गरिदिनु भयो उनि डान्स सिक्न भनि कलाकेन्द्र गए तर तेहा केटि मात्र धेरै भएकोले लाजले एक हप्ता कलासनै नगएको उनि बताउछन सिता राइ गुरुआमाले उनलाई सुरुमा डान्समा पाइला टेकाएर माथिको स्थान दिनु भएको हो ।

युद्ध लामाले १५० भन्दा बढि निर्देसन अनि १ दर्जन भन्दा बढी गीतको भिडियोमा अभिनय अनि नेपाली कथानक चलचित्रमा पनि कोरियोग्राफी गरि सकेका छन् नेपाली लोक लयमा बनेका गीतहरुमा उनि धेरै काम गरेको उनि बताउछन काम आयो भने निकै मेहनेत गरि भिडियो निर्माण गर्ने बताउछन उनि अहिले पनि निरन्तर काम गरेको अनि आउने दिनहरुमा पनि राम्रो साथ सहयोग पाए कडा मेहनेतका साथ काम गर्ने उनि बताउछन ।

कलाकार मात्र नभएर उहा खेलकूद तिर पनि आबद्ध हुनु हुन्छ करातेमा राष्ट्रिय रेफ्री अनि रेन्बु काइ कराते संघको केन्दिय सदस्य रहेका छन् भने अन्य सस्थामा नेपाल सास्कृतिक संघ काठमान्डौ जिल्ला उपा अध्यक्ष र बुद्धलिङ्ग कलाकेन्द्रका अध्यक्ष समेत रहेका छन् लामा यो क्षेत्रमा अलि पैसा हुने हरु मात्र आगाडी आउने भएकोले कला अनि गला भएका कलाकारहरु पछि परेको उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्