Logo

आयुष्मान र प्रियंकाबीच इन्गेजमेन्ट, बिवाहको मिति तोकिएन



काठमाडौं, ३१ असार । विगत २ वर्षदेखि एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । गुपचुप रुपमा शनिवार एक पारिवारिक माहोलकाबीच दुवैले औँठी साटेको खबर बाहिरिएको छ ।

फिल्म कथा काठमाडौंमा छायांकनको बेलादेखि यी दुईले प्रेमको रथ हुँइक्याउन थालेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन

प्रियंका जस्तै बन्ने सपना छ  : नव नायिका पौड्याल

प्रियंका, स्वस्तिमा र एलिशाले सलमान खानसँग नाँच्न मानेनन्, यस्तो छ कारण

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केहि तश्बिर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् ।

इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन । यी दुवैले कथा काठमाण्डूु सँगै चंगा चेट, छक्का पञ्जा २ जस्ता फिल्ममा काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्