काठमाडौं, ३२ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा सोमवार भेट्दै छन्।त्यसका लागि उनी फिनल्याण्ड आइपुगेका छन् । आफ्ना साझेदारहरूको आलोचना गरिएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि उनले पुटिनलाई भेट्न लागेका हुन् ।
ट्रम्पले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको तर त्यसले केही राम्रै हुने अपेक्षा गरेको बताएका छन् । ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले दुवै पक्षले छलफलमा कुनै औपचारिक मुद्दा नहुनेमा सहमति जनाएको बताएका छन् ।
तर ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भन्ने आरोपबारे प्रश्न उठाउने बताएका छन्, जुन बोल्टन र पुटिनलाई पक्कै थाहा हुनुपर्छ।
अमेरिकाले राष्ट्रपतीय चुनावमा १२ रुसी अधिकारीहरूमाथि अभियोग लगाइए लगत्तै यो उच्चस्तरीय बैठक हुन लागेको हो । ट्रम्पले त्यसबारे आफूले कुरा उठाउने बताएका छन् तर भेटमा त्यो औपचारिक मुद्दा भने होइन ।
आह्वान
अमेरिकामा भने ट्रम्पले उक्त बैठक रद्द गर्नुपर्ने आह्वानहरू भएका छन् । रुसले उक्त अभियोगहरू अस्वीकार गरेको छ । अबको भेटले सम्बन्ध सुधार गर्नसक्ने भन्दै त्यसका लागि पर्खिएको रुसले जनाएको छ । बीबीसी